बैतडी समाजको आयोजनामा धनगढीमा रक्तदान



कैलाली : धनगढीका स्वास्थ्य संस्थामा बेलाबेलामा देखिने रगत अभावलाई ध्यानमा राख्दै बैतडी समाज कैलालीले आज धनगढीमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य संस्थाहरुमा रगत अभावका कारण बिरामीको उपचारमा समस्या पर्ने अवस्था पटक पटक आउने गरेकोले  रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए ।

उनले आज बिहान नौ बजे सुरु भएको रक्तदान कार्यक्रम दिनभरि सञ्चालन हुने बताए । रक्तदान कार्यक्रम रातोपुलस्थित डिलाइट क्याफेको आँगनमा भइरहेको आयोजक बैतडी समाज कैलालीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्