यस्तो हुन्छ शुक्रबार जन्मिने मानिसहरूको स्वभाव



एजेन्सी : ज्योतिषशास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ। को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउँदै आएका छन्।

शुक्रबार जन्मेका व्यक्तिहरुको स्वभाव निकै शान्त हुन्छ भने यिनीहरुको मन, दिमाग र शरीर निकै राम्रो र सफा हुने गर्छ। शुक्रबार जन्मेका व्यक्तिहरुलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने भएकाले यिनीहरुलाई धेरैजसो रचनात्मक क्षेत्रमा देखिन सकिन्छ।

यस्ता व्यक्तिहरुको स्वर निकै मधुर हुनुका साथै मुस्कान पनि मनमोहक हुने गर्छ। यसका कारण पुरुषहरु महिलामा र महिलाहरु पुरुषमा निकै लोकप्रिय हुने गर्छन्। यस्ता व्यक्तिहरु सम्बन्धमा निकै सजक हुने गर्छन् तर, कहिलेकाँही यहि सजकताका कारणले नै उनीहरुको सम्बन्धमा भारी पर्न जान्छ।

यस्ता व्यक्तिहरु निकै भावुक स्वभावका हुने गर्छन् जसकारण यिनीहरु अरुको दुःखसमेत देख्न सक्दैनन् र आफू पनि छिट्टै दुःखी हुने गर्छन्। यस्ता व्यक्तिमा भएको राम्रा गुणहरु नै उनीहरुका लागि नराम्रो साबित हुन जान्छ। शुक्रबार जन्मेका व्यक्तिहरुका निकै धेरै साथीहरु हुने गर्छन् तर, चाहिएको बेलामा साँचो मित्र निकै कम हुने गर्छन्। यस्ता व्यक्तिहरुलाई रिस निकै कम आउने गर्छ।

तर, जब कसैले उनीहरुको रिसको सीमा कटाउने गर्छन् त्यसबेला नजिक भएका व्यक्तिहरुको हालत खराब हुन सक्छ। यस्ता व्यक्तिहरु निकै मेहनती हुनुका साथै आफ्नो काममा निकै संघर्ष पनि गर्ने गर्छन्।

यस्ता व्यक्तिहरुले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउने गर्छन् तर, जब एक पटक सफलता पाएपछि स्थायी रुपमा पाउने गरेका हुन्छन्। शुक्रबार जन्मेका व्यक्तिहरुमा धनको कमी कहिले पनि हुँदैन तर उनीहरुले कहिले पनि बचत गर्न भने सक्दैनन्।

प्रतिक्रिया दिनुहोस्