प्रधानमन्त्री ओलीसहित नेकपाका शीर्ष नेता सुदूरपश्चिम आउने



कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको टोली सुदूरपश्चिम आउने भएको छ । तीनवटा सरकारी कार्यक्रमसहित नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता फागुन ७ गते सुदूरपश्चिम आउने भएका हुन् । 

अध्यक्षद्वयका साथमा महासचिव विष्णु पौडेल र पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल आउने नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले बताए ।

कार्यक्रमअनुसार प्रधानमन्त्री ओलीले फागुन ७ गते सहजपुर–विपिनगर–दिपायल कालोपत्रे सडक सिलान्यास र डडेल्धुरामा राष्ट्रिय ट्रान्समिसन लाइन उद्घाटन गर्ने कार्यक्रम छ । 

नेताहरुले फागुन ७ गते बिहान सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्ने र ११ बजे धनगढीमा नेकपाको सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्