साउदीमा कोरोना सङ्क्रमित नेपाली १३ सय ६४ पुगे, सातको ज्यान गयो


काठमाडाैं : साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।

राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली सङ्क्रमित भएका छन् ।

जेद्दा क्षेत्रमा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा सङ्क्रमण देखिएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमणका कारण विभिन्न समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम सार्वजनिक गरेको छ ।

धेरै नेपालीहरूले अनलाइनबाट आफ्नो विवरण भर्न नजानेर समस्या भएको गुनासो आएको दूतावासको भनाइ छ ।

उक्त फारम नेपाली राजदूतावासको वेबसाइटमा गई फारम भर्न सकिन्छ । यसअघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाएकाले फारम भर्न नपर्ने दुतावासले जानकारी गराएको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबमा मार्च २, २०२० देखि बिहीबार सम्म ६५ हजार ७७ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितहरूमध्ये आधाभन्दा बढी निको भई घर फर्केका छन् । साथै मृत्युदर पनि न्यून रहेको पाइएको दूतावासले बताएको छ ।

साउदी सरकारले जारी गरेको कर्फ्यू आदेशको पालन गर्न साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना