तीन हजार नक्सा छाप्‍न प्रेसमा पठाइयो


काठमाडाैं : नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधबार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई नि:शुल्क उपलब्ध गराइने विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । ‘बिहीबार प्राविधिक र भाषा सम्पादन टोली बसी प्रशासनिक नापनक्साको स्वरुपलाई अन्तिम रुप दिएर प्रेसमा पठाएका छौं,’ उनले भने ।

सरकारले बुधबार नयाँ नक्सा सार्वजनिक गरेपछि विभागले चितवनमा रहेका कर्मचारीलाई नक्सा छाप्न राजधानी बोलाएको थियो । ढकालका अनुसार शनिबारसम्म ३ हजार प्रति नक्सा छाप्ने तयारी छ ।

त्यसपछि साधनस्रोत र जनशक्ति जुटाएर ५० हजार प्रति छापिने उनले बताए । राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय, मन्त्रालय, विभाग, अन्य कार्यालय, सुरक्षा निकाय, गाउँ तथा नगरपालिका तथा वडा कार्यालयसम्म नक्सा नि:शुल्क उपलव्ध गराइने उनले बताए । ‘तत्काल स्थानीय पालिका कार्यालयसम्म नक्सा प्रयोगमा ल्याउने गरी उपलव्ध गराइने छ, लकडाउन खुलेपछि भने देशभरका स्थानीय तहअन्तर्गतका वडा कार्यालयसम्म नै निशुल्क उपलव्ध गराउने गरी काम थालेका छौं,’ ढकालले कान्तिपुरसँग भने, ‘आमनागरिक, निजी संघसंस्थाका लागि माग र आवश्यकताअनुसार विभागले नै छापेर बजारमा पठाउने छ, लागेको न्युनतम मूल्य कायम हुने छ ।’

विभागले पछिल्लो पटक सार्वजनिक गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा गैरकानुनी रुपमा छापिए त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गर्न प्रहरीमा पत्राचार गरिने ढकालले बताए । विगतमा पनि यस्तै अनधिकृत रुपमा नक्सा छापिएका कारण सरकारी र त्यस्ता नक्सामा फेरवदल हुने गरेको उनले बताए । अन्यत्रबाट नक्सा अनधिकृत रुपमा छापिनसक्ने जोखिम भएरै वेबसाइटमा नक्साको इपेपर नराखिएको विभागले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।