पतिले बलात्कार गर्न खोजेको भन्दै महिला पुगिन् प्रहरी चौकी



धनगढी :  डाेटीकाे शिखर नगरपालिका वडा नम्बर ६ की एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय डोटीमा यही फागुन १ गते उजुरी दर्ता गरेको कार्यालयको मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए । आफ्नै श्रीमानले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले उजुरी दर्ता गराएको यो पहिलो पटक हो ।

प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए श्रीमानलाई २ वर्ष ६ महिना जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ । उनीहरुबीच विवाह भएको ८-९ वर्ष भएको छ । उनीहरुका दुई सन्तान छन् । 

 

प्रतिक्रिया दिनुहोस्