मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं : जारी लकडाउनको मोडल परिमार्जन गर्ने विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान १० बजे मन्त्रिपरिषद बैठक शुरु भएको हो ।

बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपाली नागरिकको समस्या लगायतका विषयमा छलफल हुने बताइएको छ ।

केहिँ दिन अघि बसेको कोरोना संक्रमित म्याजेमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडल परिमार्जनको विषयमा छलफल भएको थियो । आजको बैठकमा यस विषयले प्रवेश पाउने जनाइएको छ ।

त्यस्तै लकडाउनको मोडल परिमार्जन गर्ने विषयमा पनि मन्त्रिपरिषद बैठकमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्