फर्निचर उद्योगमा आगलागी


सिञ्जा : जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए ।

आगलागीबाट रु १६ लाख ११ हजार ३०० बराबरको क्षति पुगेको हो । राति आगलागी भएकाले भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको कल्पना सार्कीले बताए । चार वर्षदेखि उक्त उद्योग सञ्चालनमा थियो । मोफ्लावासीले कुटानी, पिसानी र काठ च्यात्नेदेखि सबै सेवासुविधा मिलबाट लिँदै आएका थिए । आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं यन्त्र जलेर नष्ट भएको पीडित सार्कीलाई उद्धृत गर्दै सिञ्जा गाउँपालिका–३ धितालीका पूर्णप्रसाद धितालले जानकारी दिए ।

आगलागी भएपछि बड्की प्रहरीचौकी तथा स्थानीय बासिन्दाको सहयोगमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । फर्निचर उद्योगमा रहेका यन्त्र, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु १६ लाख ११ हजार ३०० बराबरको क्षति भएको हो ।

आगलागीबाट फर्निचरसँगै गोदामघर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका हुन् । बड्की प्रहरी चौकीले क्षतिको मुचुल्का उठाइसकेको धितालले बताए । आर्थिकावस्था कमजोर भएका सार्कीलाई फर्निचर उद्योगमा आगलागी भएपछि परिवार पाल्न धौधौ हुने भएको छ ।

एकसरो लुगा र आम्दानीको प्रमुख स्रोत रहेको उद्योगमा आगलागी हुँदा अहिले बिजोग भएको छ । फर्निचरमा भएको क्षति हेरी वडा र गाउँपालिकाबाट सहयोगको आशा गरिएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ६१ जिल्लामा

प्यूठान : प्यूठानमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेको छ । राप्ती स्वास्थ्य विज्ञान

काठमाडौं : सुर्खेत उद्योग वाणिज्य संघले भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएको छ। सुर्खेत

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ९१ हजार ६ सय ८८ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं– मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप

पाल्पा : पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा मंगलबार एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौं– सरकारले सिंचाइमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।मंगलबार

काठमाडौं : सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। जिल्ला प्रशासन कार्यालय

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९

काठमाडौं– डा. गोविन्द केसीले १८औँ अनशन आज मंगलबारबाट शुरु गरेका छन् । तीनबुँदे माग राख्दै

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाईरसको