मदिरा र घरझगडाले आगलागी बढ्यो


बलेवा : पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए । गत फागुन, चैत तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा । तीनवटै घटनामा मानवीय क्षति नभए पनि सामान्य असावधानी अपनाउँदा भएका यस्ता घटनाले हतहती निम्त्याउन सक्थ्यो । जिल्लाकै बरेङ गाउँपालिका वडा नं ३ का अध्यक्षसहित दुई जनाको ज्यान जाने गरी भएको घटना भने छिमेकी जिल्लाको थियो ।

बुधबार जिल्लाको बडिगाड गाउँपालिका–२ सिमलचौरका सुरजबहादुर कुमाल मदिराले लठ्ठ थिए । साँझको समयमा मदिरा सेवन गरेर घर पुगेका उनले परिवारका सदस्यसँग झगडा थाले । श्रीमती राधिका र छोरीलाई हातपातको प्रयास गरे । उनीहरुले भागेर ज्यान त जोगाए तर ओत लाग्ने घर भने क्षणमै खरानी भयो । “मदिराले मातेका सुरज आफैँले घरमा आगो लगाएको खुलेको छ”, प्रहरी निरीक्षक दीपक रिजाल भन्छन, “ठूलो क्षति त भएको छैन तर घरगोठ जलेको छ ।” रिसको झोंकमा कोरेको सलाइले सुरजले आफ्नै बासलाई खरानी मात्रै बनाएनन्, अब कानूनअनुसारको कारवाहीको भागीदार बने । उनको घरमा बुधबार राति ९ बजेपछि भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

घरगोठ एकै ठाउँमा तथा खरको छानो भएकाले गोठमा बाँधिएका पशुचौपाय जोगाउनसमेत हम्मेहम्मे भयो । उनको घर जल्दा लाखौँको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताए । दैनिक मजदुरी गरेर खाने परिवारमा घरभित्रैको झगडामा मदिराले होस गुमाउँदा ओत लाग्ने बास नै उजाडियो ।

क्षणभरमै घरगोठ खरानी बनाएका कुँवरको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपालसहित सहयोग गरेको छ । बडिगाडमा जस्तै गत चैतमा बागलुङ नगरपालिका–१० भकुण्डेका नगेन्द्र थापाले पनि आफ्नै काका पर्नेको गोठमा आगो लगाए । मदिरा सेवन गरेर घर पुगेका उनले परिवारसँगको समान्य झगडाकै क्रममा रिसले चुर भइ आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गत फागुनमा जैमिनी नगरपालिका–२ दमेक आरुबोटका नरिश्वर रिजालले आफ्नै घरमा आगो लगाए । खरको छाना रहेको उनको घर जल्दै गर्दा गोठ पनि छोडेन । अहिले घरगोठ रहेको ठाउँमा खरानी मात्रै छ । उनले आफ्नै घरमा आगो लगाउनुको कारण पनि परिवारिक कलह र अधिक मदिरा सेवननै थियो । “पछिल्लोपटक भएका सबै घटना मदिराकै कारण भएका छन्”,उनले भने ।

गर्मी मौसममा आगलागीका घटना बढी नै हुने गरेका छन् । संघीय सरकार, प्रदेश तथा स्थानीय सरकार वन तथा वातावरणसम्बन्धी काम गर्ने निकायले वन डढेलोको नियन्त्रणका लागि यो समयमा सार्वजनिक सूचना नै जारी गर्ने गरेका छन् । समाजले मदिरा नियन्त्रणमा कदम चाल्नुपर्ने जानकारहरु बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप

पाल्पा : पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा मंगलबार एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौं– सरकारले सिंचाइमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।मंगलबार

काठमाडौं : सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। जिल्ला प्रशासन कार्यालय

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९

काठमाडौं– डा. गोविन्द केसीले १८औँ अनशन आज मंगलबारबाट शुरु गरेका छन् । तीनबुँदे माग राख्दै

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाईरसको

काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको

सुनसरी : धरानको वीपी प्रतिष्ठानमा उपचाररत कोरोनाभाइरस (कोभिड–१९) संक्रमितमध्ये १८ जनालाई डिस्चार्ज गरिएको छ ।

काठमाडौं : गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं– लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा