नरैनापुरमा धार्मिक मेला



नेपालगन्ज ः बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद नूर अहमद शाह रहमत तुल्ला अलैह उर्सको धार्मिक मेला शुरु भएको छ । अठार वर्षसम्म पहाडमा तपस्या गरेका तत्कालीन धर्मगुरु खलिफा नूर अहमद शाहको सम्झनामा प्रत्येक वर्षको वसन्त पञ्चमीपछि मेला लाग्ने गर्दछ । 

मेला यही फागुन १२ गतेसम्म चल्ने आयोजक समितिका प्रबन्धक तौहिद अहमद शाहले बताए । उनका अनुसार मेलामा सामूहिक भण्डारा, प्रार्थना, कब्बाली, नाच तथा जादुई खेललगायतका क्रियाकलाप हुनेछ ।

प्रतिक्रिया दिनुहोस्