‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीलाई सास्ती


तनहुँ : जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । दैनिक एक÷दुई जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका बताइएको छ ।

अस्पतालमा सर्पदंशका सामान्य किसिमका बिरामीबाहेक जटिल अवस्थाका अन्यत्र अस्पताल उपचारका लागि सिफारिस गर्ने गरिएको अस्पतालका मेडिकल अधिकृत डा दिवस ढकालले जानकारी दिए । ती बिरामीलाई स्नेक भेनम औषधि प्रयोग गरिने भएकाले बिरामीमा जटिल अवस्था आएमा तत्काल व्यवस्थापन गर्ने क्षमता अस्पतालमा स्रोत साधन नहुँदा उपचारका लागि अन्यत्र सिफारिस गर्ने गरिएको उनले बताए ।

सर्पदंशका लागि आवश्यक पर्ने स्नेक भेनम औषधिसमेत अस्पतालमा ल्याउने नगरेको बताइएको छ । अस्पतालमा केही समययता दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका आकस्मिक विभागमा कार्यरत अहेब मदन गौतमले जानकारी दिए । सर्पदंश विषादी नदेखिए अस्पतालमै उपचार गर्ने र विष लागेको देखिए स्नेक भेनमको सुविधा भएको अस्पतालमा सिफारिस गर्ने गरिएको उहाँले जानकारी दिए ।

पन्ध्र श्यया क्षमताको उक्त अस्पताल प्रादेशिक क्षेत्रको ‘क’ वर्गको अस्पताल भए पनि पछिल्लो समय सेवासुविधा पाउन नसक्दा अन्य प्रकारका बिरामीसमेत निरास हँुदै फर्कने गरेको बताइएको छ ।

अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवा, ओपिडी, महिला हिंसासम्बन्धी एकद्धार सङ्कट व्यवस्थापन, मानसिक, एचआइभी सङ्क्रमितका लागि एआरटी, क्षयरोग, ल्याब, स्वास्थ्य बीमा, गर्भवती सेवा, खोप, फार्मेसीलगायतका सेवा प्रदान गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पाल्पा : पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा मंगलबार एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौं– सरकारले सिंचाइमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।मंगलबार

काठमाडौं : सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। जिल्ला प्रशासन कार्यालय

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९

काठमाडौं– डा. गोविन्द केसीले १८औँ अनशन आज मंगलबारबाट शुरु गरेका छन् । तीनबुँदे माग राख्दै

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाईरसको

काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको

सुनसरी : धरानको वीपी प्रतिष्ठानमा उपचाररत कोरोनाभाइरस (कोभिड–१९) संक्रमितमध्ये १८ जनालाई डिस्चार्ज गरिएको छ ।

काठमाडौं : गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं– लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा

काठमाडौं : लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना सार्वजनिक गरेको छ। आयोगको