चौबिस घण्टा बित्दा पनि उठेन तेस्रो कोरोना संक्रमित व्यक्तिको शव



काठमाडौं : चौबिस घण्टा बित्दा पनि तेस्रो कोरोना संक्रमित व्यक्तिको शव उठ्न सकेको छैन । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारर ४१ वर्ष पुरुषलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।

जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत उनलाई जेठ ५ गते कोरोना देखिए थियो ।

गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारद्वारा दुः ख व्यक्त

मृतकका भाइले दाईले उपचार नै नपाएको दाबी गर्दै छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

उनले कोरोनाको रिपोर्ट पोजेटिप आएपछि दाईलाई डाक्टरले हेर्दै नहेरेको आरोप लगाएका छन् । उनले भने–‘अस्पतालले राम्रोसँग उपचार गरेको भए दाईको ज्यान जाने थिएन, चरम लापरवाही भएको छ ।’

कोरोना पोजेटिभ देखिएपछि आफूहरूलाई तीन दिनसम्म आइसीयूको नजिक जान नदिइएको र बिरामीको अवस्थाको बारेमा कुनै जानकारी नदिइएको उनले दाबी गरे ।

कोरोनाका कारण ज्यान गुमाउनेको शव व्यवस्थापनमा किन समस्या ?

उनले कोरोना देखिएपछि बिरामीले उपचारै नपाउने चरम लापरवाहीको अवस्था देखिएका कारण यसको छानबिन हुनुपर्छ र पीडितले न्याय पाउनुपर्ने बताएका छन् ।

यता बिहीबार मृतकको दाहसंस्कार बुटवलको मगरघाटमा गर्ने कुरा भएपनि घाट व्यवस्थापन समितिले नदिएपछि तिलोत्तमा–१४ को तिनाउ घाटमा गर्ने भनी सबै तयारी पूरा भए पनि रातिसम्म शव नै नआएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्