आफूलाई टोक्दा किएलिनीले गरे सुआरेजको प्रशंसा



काठमाडौंः इटालियन राष्ट्रिय फुटबल टोलीका डिफेन्डर जिओर्जियो किएलिनीले फिफा विश्वका २०१४ दौरान उरुग्वेका फरवार्ड लुइस सुआरेजले आफूलाई टोकेकोमा प्रशंसा गरेका छन् ।

सुआरेजले खेलका दौरान नै किएलिनीलाई टोकेपनि रेफ्रीले नदेखेका कारण कार्ड पाएका थिएनन् । त्यसपछि भने सुआरेज चार महिना प्रतिबन्धसहित ९ अन्तर्राष्ट्रिय खेलमा निलम्बन भएका थिए ।

उक्त घटनामा सुआरेजले टोकेका डिफेन्डर किएलिनीले भने सुआरेजको उक्त व्यवहारको प्रशंसा गरेका छन् । ‘फुटबलमा कोहि आक्रामक हुनु स्वभाविक हो, तर त्यसो गर्नुपर्छ भन्ने होइन । आफ्नो विपक्षीलाई पछि पार्न दिमाग लगाउनुपर्छ । सुआरेजले त्यसबेला हामीलाई उत्तेजित पार्न त्यसो गरे,’ युभेन्टसका कप्तान समेत रहेका किएलिनीले आत्मकथामा लेखेका छन्, ‘त्यसो हर्कत नगरे उनी र अन्य फरवार्डमा केहि भिन्नता हुँदैन ।’

उक्त घटना भएको समय खेल गोलरहित बराबरीमा चलेको थियो । तर खेलको अन्तिम समयमा गोल गर्दै उरुग्वेले १(० को जित दर्ता गर्यो । त्यसै जितले उरुग्वेले इटालीभन्दा माथि रहेर अन्तिम १६ मा स्थान पक्का गरेको थियो । किएलिनीले उक्त हार र चोटका बाबजुद पनि सुआरेजजस्ता फरवार्ड्विरुद्ध खेल्न मनपर्ने बताए ।

‘मैले उक्त खेलमा अधिकांश समय काभानीलाई मार्क गरेको थिएँ । काभानी पनि उत्कृष्ट मध्यका फरवार्ड हुन् जसलाई मार्क गर्न कठिन हुन्छ,’ उनले थपे । ‘एकछिनमा मैले आफ्नो पाखुरामाथि टोकेको थाहा पाएँ । डिफेन्ड गर्ने क्रममा हातले ठेलेको जस्तो लाग्थ्यो एक्कासी त्यस्तो भयो, सायद उनले त्यहि सोचेर गरेका थिए । म र उन्म उस्तै स्वभाव छ होला, म पनि त्यस्ता फरवार्डको सामना गर्न मन पराउँछु ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्