सुनखानीमा ६० जनाको मृत्यु भएको आशंका



हरारे : जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । दुर्घटना भएका दुईवटा सुनखानीमा ६० देखि ७० जना कामदार रहेकाे र उनीहरु अधिकांशको मृत्यु भएको आशंका गरिएको अधिकारीहरुले बताएका छन् । 

स्थानीय सरकारका सार्वजनिक सेवा सम्बन्धी मन्त्री जुली मोयोले अवैध रुपमा सञ्चालनमा रहेका सुनखानीका कामदार पुरिएको जानकारी दिए । उनका अनुसार देशको पश्चिमी प्रान्त मसाेनाल्यान्डमा सो घटना भएको हो । उनीहरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून छ ।

 

अत्यधिक वर्षा भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनको भनाइ छ । दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । उद्धार कार्यमा खटिएकाहरुले आइतबार शव निकालिने अपेक्षा गरेका छन् । जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पीडितप्रति सहानुभूति व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्