लकडाउनको कारण एक फ्ल्याटमा अड्किएका युवाको कथामा छोटो चलचित्र ‘घर’



काठमाडौं : नेत्र गुरुङको निर्देशनमा छोटो चलचित्र ‘घर’ सार्वजनिक भएको छ । यस चलचित्रमा लकडाउनको समयमा शहरको एक फ्ल्याटमा अड्किरहेका युवाको समग्र कथा समेटिएको छ ।

यस छोटो चलचित्रमा रोहन नेपाली, विजय राज अधिकारी, सुशन श्रेष्ठ, भरत छन्त्याल, पूर्ण जिसी, हिमा जिसी, साधना शर्माको अभिनय रहेको छ ।

चलचित्रमा प्रकाश गुरुङ ‘काश’ को छायांकन, नेत्र गुरुङको लेखन, निर्देशन, सम्पादन तथा भरत छन्त्यालको सहनिर्देशन र बिजयराज अधिकारीको निर्माण रहेको छ । चलचित्रको पब्लिसिटी डिजाइनर सविन गायक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्