भरुवा बन्दुक र अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ



मकवानपुर : मनहरी गाउँपालिका-७ कालेखोलाबाट भरुवा बन्दुक १ थान र अवैध लागूऔषध गाँजा करिब ३० केजी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय रामचन्द्र प्रजालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्