२१ जना कोरोना संक्रमित निको भएसँगै घर फर्किनेको संख्या ७० पुग्यो



नेपालगन्जः नेपालगन्जमा २१ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् ।

प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरेको सुशील कोइराला क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसनबाट २१ जना संक्रमित निको भएर घर फर्केका हुन् । यो सँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ७० पुगेको छ ।

नेपालगन्जका कूल संक्रमितमध्ये पहिलो कोरोना संक्रमित ६० वर्षीय वृद्धसहित २१ जना निको भएका छन् । २ जनालाई दोस्रो परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्टेन्ट डा.प्रकाशबहादुर थापाले बताएका छन् ।

उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ । २६ र ३१ वैशाखमा कोरोना पुष्टि भएकासहित नेपालगन्जमा अझै ४ जना आइसोलेसनमा उपचाररत रहेका छन् । १९ वैशाखमा पहिलो र २३ वैशाखमा २२ जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्