कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज



काठमाडौं : कारोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका शिशुसहित आफन्तहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार दोर्होयाएर पीसीआर जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको हो ।

शुरुमा हल्का जन्डिस देखिएको शिशुको आज शुक्रबार पुनः जाँच गराउँदा बाल रोग विशेषाज्ञले निको भइसकेको र डिस्चार्ज गर्न मिल्लने निष्कर्ष दिएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरु एक साता सम्बन्धित क्वारेन्टाइनमा बस्नु पर्ने छ । त्यसपछि आरडीटी गरी घर पठाइने छ ।

तर, कुनै एक जनामा कोरोनाको लक्षण देखिए पुनः पीसीआर जाँच गर्नु पर्ने अस्पतालले प्रष्ट पारेको छ ।

गत वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा जेठ २१ गते मृत्यु भएको थियो ।

उनको पीसीआरबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएपछि महिलाको मृत्युलाई नै कोरोनाबाट भएको नेपालको पहिलो मृत्यु घोषणा गरिएको थियो

प्रतिक्रिया दिनुहोस्