मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 



विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलो बजारस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

उत्तरबाट दक्षिणतर्फ गइरहेको को२७प ८६७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा कानेपोखरी–४ का ३२ वर्षीय रविन गहतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ दुर्घटनामा परेर घाइते भएका गहतराजको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७ बजे मृत्यु भएको हो ।  

प्रतिक्रिया दिनुहोस्