भारत र दक्षिण अफ्रिका टी-ट्वान्टी सिरिज खेल्न सहमत



एजेन्सी : भारत र दक्षिण अफ्रिका टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न लगभग सहमत भएका छन् । दुवै देशका क्रिकेट बोर्ड अगष्ट अन्तिममा तीन खेलको सिरिज खेल्न सहमत भएको भारतीय संचार माध्यामहरुले जनाएका छन् ।

तर, यी दुई बोर्डले सहमति जनाएपनि दुवै देशका सरकारले यसमा थप सहमति जनाउनु पर्ने जनाएको छ। दुवै देशका शीर्ष व्यक्तिले फोन मार्फत नै सिरिजमा समर्थन जनाएका हुन् । सिरिज दक्षिण अफ्रिकाले आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्