सुदूरपश्चिमसहित ५ जिल्लाको सिडिओको सरुवा



काठमाडौंः गृह मन्त्रालयले सुदूरपश्चिमका २ सहित ५ जिल्लाका प्रमुख जिल्ला अधिकार (सिडिओ) को सरुवा गरेको छ ।

रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सिडिओ फेरिएका हुन् । बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाइएको छ ।

उनको स्थानमा कृष्ण गैरेलाई सरुवा गरिएको छ । बैतडीमा मोहन जोशीलाई प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेको मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्