‘तिम्रो मेरो दिलको बास एउटै भइदिए’ भन्दै अन्जु र प्रमोद



काठमाडौं : अन्जु पन्त र प्रमोद खरेलको स्वरमा गीत ’तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ । गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको शब्द र सङ्गीत समावेश रहेको छ । यस गीतलाई कमल सौरागले एरेन्ज, किशोर थापाले रेकर्डिङ र मिक्सिङ गरेका हुन् ।

दुई दशकभन्दा लामो समयदेखि सांगितिक क्षेत्रमामा सक्रिय सन्तोष श्रेष्ठका थुप्पै गीतहरु बजारमा आईसकेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै दर्शक तथा श्रोतालाई मनोरञ्जन दिन सङ्गीतकार सन्तोष श्रेष्ठले गीत ’तिम्रो मेरो दिलको बास’ बजारमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्