लेटाङ नगरपालिका तीन दिन सिल



मोरङ : लेटाङ नगरपालिका तीन दिनका लागि सिल गरिने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै मोरङ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा सतर्कता अपनाउँदै शुक्रवार राति १२ बजे देखि सोमवार मध्यरातसम्म नगरपालिका सिल गर्ने जानकारी दिएको हो।

कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाउन नगरपालिका सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दाहालले जानकारी दिए।

यस समयअवधीमा नगरपालिका भित्रका औषधी पसल, अत्यवाश्यक एम्बुलेन्स सेवा अत्यावश्यक ढुवानीका सवारी साधन भने संचालन गर्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्