चोरीका दुई वटा कारसहित युवक प्रहरी नियन्त्रणमा



धनगढीः कैलालीमा चोरीका दुईवटा कारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-४, उत्तरबेहडीबाट चोरीका कार सहित युवकलाई नियन्त्रणमा लिएको हो ।

दाङको तुलसीपुर नगरपालिका-५ न्युरोड घर भइ धनगढी-१ वसन्त टोल बस्दै आएका १६ वर्षीय नवीन सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीक जानकारी दिएको छ ।

जेठ ३ गते धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका राजेन्द्रबहादुर मल्लले घर अगाडि सडकमा पार्किङ गरी राखेको अवस्थामा बा ८ च २१०० नं.को कार र जेठ ७ गते राति सोही ठाउँका रविन्द्र देव भट्टको घरको आँगनमा राखेको होन्डाई कम्पनीको बा १४ च ४७८१ नं.को गाडी चोरी भएको थियो ।

सो विषयमा अनुसन्धान गर्दै जादा सार्कीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । साथै उनको साथबाट नगदसहित २ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्