४ दिनमा ४ हजार नेपाली भारतबाट फर्किए, ९५० जनाको मात्रै कोरोना परीक्षण


धनगढीः कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका सबैको कोरोना परीक्षण नहुँदा सुदूरपश्चिम प्रदेशमा जोखिम बढेको छ ।

गौरीफन्टा नाकाबाट जेठ २ र ३ गते ९५० जना र जेठ ७ र ८ गते जना भारतीय सीमा क्षेत्रबाट स्वदेश फर्किएका छन् । त्यसपछि जेठ ७ र ८ गते ३ हजार ३ सय भन्दा बढी स्वदेश फर्किएका छन् ।

जेठ ७ र ८ गते भित्रिएकामध्ये ९५० जनाको मात्र्र यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ भने अरु मानिस विना परीक्षण आफ्नो आफ्नो स्थानीय तहमा पुगेका छन् ।
भारतबाट जेठ महिनाको ४ दिनमा ४ हजार तीन सय भन्दा बढी नागरिक भित्रिएका छन् । तीमध्ये ३ हजार बढीको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

‘हामीसँग पर्याप्त किट नहुँदा परीक्षण गर्न समस्या आएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘बाँकी रहेकाहरुलाई सम्बन्धित स्थानीय तहले नै परीक्षण गर्ने भन्दै पठाइरहेका छौं ।’हजारौंको संख्यामा परीक्षण बिना नै गन्तब्यमा पठाउँदा जोखिम बढेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख गुणराज अवस्थीले बताए । ‘स्वास्थ्य परीक्षण बिना स्थानीय तहमा पठाउँदा ठूलो जोखिम बढेको छ’ उनी भन्छन्, ‘जनशक्ति र सामग्री अभावले हामीलाई समस्या भएको छ ।’

उनले सीमा क्षेत्रबाट भित्रिएका सबैको स्वास्थ्य परीक्षण गर्न पहल भइरहेको समेत जानकारी दिए । धनगढीमै दुईवटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको भए पनि प्रयोगशालामा आवश्यक मात्रामा किट नहुँदा ठूलो संख्यामा विदेशबाट फर्किनेको परीक्षण हुन सकेको छैन ।
५ जना संक्रमित बिरामी निको भएर घर फर्किएपछि खाली रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड फेरि भरिएको छ । बिहीबार मात्रै भारतबाट फर्किएका १९ जनालाई कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको छ ।

कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आएका ४ जनालाई चिकित्सकले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेको थियो । बिहीबार अस्पताल भर्ना भएका अन्य १९ जनामा भने सीमा क्षेत्रमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

१९ जना थपिएपछि २४ शय्याको आइसोलेसन वार्ड भरिएको हो । अहिले अस्पतालको आइसोलेसनमा कोरोनाका शंकास्पद २३ जना बिरामी राखिएको छ । ‘बैतडीका एक जनाको पीसीआरमार्फत परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएपछि उनलाई आज डिस्चार्ज गर्ने तयारी छ’ अस्पतालका सूचना अधिकारी दिलिप विष्टले भने,‘२४ शय्याको आइसोलेसनमा २३ जना शंकास्पद बिरामी भर्ना छन् । नयाँ थपिए कहाँ राख्ने अन्योल छ ।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८

काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली युवतीलाई जिस्काएको र

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।