नवाजुद्दीनकी श्रीमतीको ‘डिभोर्स’ बारे खुलासाः ‘मलाई शारीरिक र मानसिक यातना दिइन्थ्यो’



एजेन्सी : बलिउडका चर्चित भर्सेटायल अभिनेता नवाजुद्दीन सिद्दीकीको व्यक्तिगत जीवनमा निकै उथलपुथल आइरहेको छ । यसैबीच उनकी श्रीमती आलियाले सम्बन्धविच्छेद मागेपछि झनै उनको जीवनमा भुइँचालो नै आएको छ ।

उनकी श्रीमतीले किन सम्बन्धविच्छेद गर्न चाहिन् भन्नेबारेमा सिद्दीकी भने चुपचाप छन् । तर उनकी श्रीमतीले निकै पीडादायी खुलासा गरेकी छिन् ।

उनकी श्रीमती आलिया सिद्दीकीले हालै दिएको अन्तरवार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा दिएको बयानले धेरैलाई अचम्ममा पारेको छ । उनले घरका सदस्यहरुले हिंसा गर्ने गरेको खुलासा गरेकी छिन् । उनले घरमा सदस्यले शारीरिक र मानसिक शोषण गर्ने गरेको खुलासा गरेकी छिन् । उनले सिद्दीकीको भाइले पिट्ने गरेको जनाएकी छिन् ।

उनले सिद्दीकीले भने उनीमाथि हात नउठाएको जिकिर समेत गरेकी छिन् । आलियाले सिद्दीकी पहिलो श्रीमतीलाई पनि घरका सदस्यले मारपीट गर्ने गरेकाले सिद्दीकीले सम्बन्धविच्छेद गरेको खुलासा गरेकी छिन् ।

आलियाले भनिन्, ‘नवाजुद्दीनले मलाई कुटपिट त गर्दैनथे तर मलाई यसरी गाली गर्थे कि मानौं मेरो कुनै हैसियत नै छैन । उनीसँग म र मेरा सन्तानको लागि कुनै समय नै थिएन ।’

उनले अगाडि भनिन्, ‘नवाजुद्दीनकी आमा, भाइ र हामी एकसाथ मुम्बईमा बस्दै आएका थियौँ । मैले यस्तो शोषण वर्षौंदेखि सहँदै आएकी थिए ।’

प्रतिक्रिया दिनुहोस्