अमृतासँग सम्बन्ध टुट्नुको रहस्यको पर्दाफास, यस्तो भन्छन् सैफ



एजेन्सी : बलिउड जोडीहरुमा धेरैको मन र मस्तिष्कमा बस्न सफल भएको जोडी हो –अमृता सिंह र सैफ अली खान । निकै चर्चित र सुन्दर यो जोडी बलिउडकै नमुना जोडीको रुपमा चर्चामा थियो ।

सैफभन्दा बढी उमेरकी अमृताको प्रेम भने निकै गाढा थियो । ९० को दशकमा आफूभन्दा बढी उमेरकी श्रीमती विवाह गरेको कारण सैफ निकै विवादमा घेरिएका थिए । तर, प्रेममय यो जोडीले एकसाथ १३ वर्ष यात्रा गरेका थिए । तर, १३ वर्षपछि सम्बन्ध टुट्यो । किन र कसरी सम्बन्ध टुट्यो भनेर सञ्चार माध्यममा निकै सवालजवाफ हुने गरेको छ ।

सैफले एक अन्तरवार्तामा भनेका छन्, ‘विवाहलाई कसरी अगाडि बढाउने भन्ने बारेमा महिलाले कस्तो खुबी निभाउनुपर्छ तब सम्बन्ध अगाडि बढ्छ । म यस्तो सल्लाह दिन चाहान्छु, तपाईं त्यो व्यक्तिसँग विवाह गर्नुस् जहाँ खुशी होस् । विवाहमा फन, सुन्दर र नन–जजमेन्टल जस्ता तीन चिजहरु हुन आवश्यक छ ।’

यस्ता कुराहरुमा कमी आएको महसुस भएपछि सम्बन्ध टुटेको तर अझै पनि अमृताको निकै इज्जत र सम्मान गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्