गुल्मीका कोरोना संक्रमित व्यक्तिको ३१ घण्टापछि अन्येष्टि



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको अन्येष्टि गरिएको छ । उनको ३१ घण्टापछि अन्येष्टि भएको हो ।

शव कसले उठाउने भन्ने विषयमा सहमति नहुँदा अस्पतालबाटै शव उठेको थिएन । नेपाली सेनाका बुटवलस्थित २२ नम्बर बाहिनीमा कार्यरत दुई जवान शव उठाउन सहमत भएपछि आज (शुक्रबार) शवको अन्तिम संस्कार गरिएको हो । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले पनि अस्पतालबाट शव निकाल्न र अन्तिम संस्कारका लागि नेपाली सेनालाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

नेपाली सेना र नेपाल प्रहरीको टोलीले शुक्रबार दिउँसो २ बजे अस्पतालबाट शव उठाएका थिए ।
संक्रमित व्यक्तिको शव बुटवल उपमहानगरपालिका–१० चरङ्गेमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यही अनुसार नै शव व्यवस्थापन भएको हो ।

केन्द्रको निर्णय अनुसार अस्पतालबाट शव निकाल्नेदेखि अन्तिम संस्कार अनुसार व्यवस्थापन गर्ने कार्य नेपाली सेनाको टिमबाटै भएको उनले बताए । नेपाली सेनासहित टोलीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्