नयाँ नक्सा अनुसार निशान छाप परिवर्तनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता



काठमाडौं : सरकारले जारी गरेको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि आज (शुक्रबार) संघीय संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आज संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

संघीय संसदको विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालका अनुसार संविधानको अनुसूची ३ को निशाना छाप संशोधन गर्न प्रस्ताव दर्ता भएको बताए ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ राजनीतिक र प्रशासनीक नक्सा सार्वजिनक गरेपछि नेपालको निशान छाप परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागिएको हो ।

संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ । संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्