गरिबलाई झुल 



जनकपुरधाम : चेम्बर अफ कमर्स धनुषाले दलित र गरिब परिवारलाई झुल वितरण गरेको छ ।

 

चेम्बर्सले आफ्नो कार्यालय भवन उदघाटनको अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको उपस्थितिमा एक सय एक विपन्न परिवारलाई झुल वितरण गरेको छ ।कार्यसमिति गठन भएको ६ महिनापछि चेम्बर्स धनुषाले आफ्नो कार्यालय भवन उद्घाटन गरेको हो । 

चेम्बर्सका धनुषा अध्यक्ष विजय साहले नगरभित्र लामखुट्टेको प्रकोप बढी हुने र त्यसबाट सर्र्ने रोग नियन्त्रणका लागि दलित र गरीब परिवारलाई झुल वितरण गरिएको बताए । 

 

प्रतिक्रिया दिनुहोस्