कैलालीमा ३ जनामा कोराना संक्रमणको पुष्टि



सुखडः कैलालीमा ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।

जिल्लाको जानकी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीको क्वारेन्टाइनमा रहेका ३ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वाब संकलन गरी धनगढीमा गरिएको परीक्षणबाट कोराना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित तीन जनालाई टीकापुर अस्पतालको आइसोलेशनमा राख्ने तयारी भईरहेको छ ।

ती मध्ये १ जना भारतको महाराष्टबाट, १ जना नेपालगञ्ज र १ जना इटहरीबाट आएका हुन् ।
जानकी गाँउपालिकाका स्वास्थ्य संयोजक जीत बहादुर चौधरीका अनुसार क्वारेन्टाईनमा रहेका १६ जनाको स्वाब संकलन गरिएकोमा ३ जनाको पोजेटिभ आएको हो । पुष्टी भएका तीनै जना पुरुष रहेको र हाल उक्त क्वारेन्टाईनमा ४५ जना रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्