थुनुवामा कोरोना संक्रमणको पुष्टि, प्रहरी कार्यालय सिल



बैतडीः जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका एक जना थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको हो । चैत ६ गते भारतबाट नेपाल आएका ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा पिसिआर परिक्षणमा थुनुवामा रहेका एक जनालाई कोरोना पोजेटिभ देखिएको र अन्य ५ जनाको स्वाब संकलन गरि पठाईएको उनले जानकारी दिए ।

उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालयसमेत सिल गरिएको छ । उनका अनुसार उनको सम्पर्कमा आएका आइसोलेसनमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्