मातृभूमि र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन



काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्सा र भुमीलाई लिएर राखेको विचारका बिरुद्ध भारतीय मिडियाहरु खनिएका छन् । नेपालको समर्थन गरेको कारण भारतिय मिडियाले मनिषामाथी विभिन्न आरोप समेत लगाएका छन् । यतिबेला उनको समर्थनमा नेपाली कलाकर्मीहरु पनि उत्रिएका छन् ।

त्यस्तै अभिनेत्री वर्षा राउतले मनिषालाई सर्पोट गर्दै हाम्रो मातृ भूमि र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन भनेकी छन् । उनी समाजिक सञ्जालमा लेख्छिन् – ‘पसीना बेच्न सकिन्छ, आमा होईन । मनिषा कोइराला दीदिले आफ्नो आमामाथी हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृभूमीको सम्मानमा उभिनुभयो । आज भारतीय मिडियाले उहाँमाथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ र मनिषा दीदीको स्वाभिमानलाई अझै मझबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन ।’

प्रतिक्रिया दिनुहोस्