नेपाली भूभाग फिर्ता गर्न सम्पूर्ण नेपाली एक हौ भन्दै गीतमार्फत कलाकर्मीहरु



काठमाडौं : बिक्रमजंग शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, सिर्जु अधिकारी र अनु अधिकारीको संयुक्त स्वरमा समय सान्दर्भिक गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ । गीतमा अमृत खातिको शब्द, अमृत खाति र राजा राजेन्द्र पोख्रेलको संगीत तथा कमल सौरागको संगीत संयोजन रहेको छ । गीत मार्फत नेपाली भूभाग फिर्ता गर्नलाई आम नेपाली एक हुनु पर्ने संदेश प्रवाह गर्न खोजिएको छ ।

गीतमा रेकर्डिङ र मिक्सिङ्ग सन्जय शृपालको रहेको छ भने गितको भिडियोलाई निर्देशन र सम्पादन हुम गैरेले गरेका छन् । गीतको भिडियोमा गीतका गायक गायिका तथा उमा श्रेष्ठ, सरिता जिरेल, सुमि श्रेष्ठ र राजकुमार हुमागाईँ लगायतका कलाकर्मीहरु फिचर्ड भएका छन् ।

प्रतिक्रिया दिनुहोस्