पाकिस्तानको कराचीमा विमान दुर्घटना, ९९ यात्रु थिए सवार



एजेन्सी : पाकिस्तानको व्यापारिक राजधानी कराचीमा यात्रुबाहक विमान दुर्घटना भएको छ ।

यो विमान पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको थियो । विमान कराची विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

पीआईएका प्रवक्ता अब्दुल सत्तारका अनुसार A-320 विमान दुर्घटना भएको हो । उक्त विमानमा ९९ जना सवार थिए । जसमा ९१ जना यात्रु र आठ जना क्रु मेम्बर भएको सत्तारले बताए । यो विमान करिब १० वर्ष पुरानो थियो । विमानबाट अहिलेसम्म १५/१५ जनालाई बाहिर निकालिएको थियो ।

विमान मध्यान्ह साढे एक बजे उडेको र कराची विमानस्थल नजिकैको रिहायशी इलाकामा दुर्घटना भएको हो ।

दुर्घटना भएको स्थानमा धुँवाको मुस्लो उडिरहेको छ । उद्दारकर्ताहरुले घाइतेहरुलाई अस्पताल लगिरहेको र कराचीका सबै अस्पतालमा आपतकाल घोषण गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खाले विमान दुर्घटना भएको समाचारप्रति दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्