‘बुद्ध विचारधाराको प्रचारप्रसार जरुरी’ 



जनकपुरधाम : भगवान् बुद्ध नेपालमै जन्मिए पनि सरकारको कमीकमजोरीका कारण उनका विचारको व्यापक प्रचार प्रसार गर्न नसिकएको निष्कर्ष राष्ट्रिय मूलवासी महासंघ नेपालले निकालेको छ । जनकपुरमा शनिबार आयोजित बुद्ध अन्तर्राष्ट्रिय प्रथम सम्मेलन पूर्वयोजना तर्जुमा बैठकमा मूलवासी संघमा आबद्ध व्यक्तिहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।

 

बैठकमा सहभागी भारत बिहार प्रदेश प्रभारी दिनेश यादवले बुद्धका विचारबारे भारतमा व्यापक प्रचारप्रसार गरिए पनि उनकै जन्मस्थल नेपालमा त्यस्तो भएको नदेखिएको बताए । उनले बुद्धका विचारलाई प्रचारप्रसार गर्नमा नेपाल सरकारले व्यापकता ल्याउनुपर्ने औंल्याए । 

मूलवासी महासंघका महासचिव विजय साहले भने बुद्धका विचारको प्रचारप्रसारका लागि आफूहरूले सरकारलाई दबाब दिने बताए । उनले बुद्धको विचारधारामा आधारित संगठन निर्माण र सुदृढीकरण गर्दै सरकारलाई दबाब दिन सकिने धारणा राखे । 

राष्ट्रिय मूलवासी महासंघका उपाध्यक्ष पूजाकुमारी पासवानको अध्यक्षतामा भएको बैठकमा बुद्ध विचारक बेचन मुखियासहित दुई दर्जनभन्दा बढी बुद्ध विचारकको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्