मुस्लिम समुदायको चाडलाई मध्यनजर गर्दै पर्सामा लकडाउन खुकुलो



वीरगन्जः विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिन-१९) लाई नेपालमा यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउन आज ५९ दिन पुगेको छ ।

लकडाउन पूर्ण रुपमा पालना गराउँन पर्सा जिल्लाको विभिन्न चोक चौराहामा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । स्थानिय प्रशासनले अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन आह्वान गरेको छ । अनावश्यक रुपमा घरबाट निस्कनेलाई धरपकड गरी कारवाही समेत गर्ने गरेका छन ।

प्रदेश २ को एक मात्र महानगरपालिका रहेको वीरगन्ज बजार क्षेत्रमा पनि व्यापक रुपमा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । मुख्य सडकबाट आवतजावतमा समेत कडाई गरिएपनि स्थानिय प्रशासनले मुस्लिम धर्मावलम्बीहरुको महान चाडको रुपमा रहेको ईद उल फित्रको पूर्व सन्धयामा केहि राहत समेत दिएको छ । आवश्यक किनमेल गर्न आउँनेलाई गतसाताको तुल्लनामा केहि राहत उपलब्ध गराएको स्थानियले जनाएका छन् ।

स्थानिय प्रशासनले विहान साडे आठ बजेभित्र आवश्यक खाद्यन्न तथा तरकारी खरीद गर्न समय सिमा तोकेछ । तर ईद पर्वमा मुस्लिम समुदायलाई चाहिने नयाँ लत्ता कपडा, खाद्यन्न लगायतको समान किनमेल गर्नमा प्रहरीले राहत दिएको छ ।

मुख्य बजार घण्टाघर, माईस्थान, आर्दशनगर लगायत क्षेत्रका रहेको कपडा, जुत्ताचप्पल पसलहरु भित्रि रुपमा खोलेर समानहरु विक्री वितरण गरेका छन । समान खरीद गर्न आउँने ग्राहकहरुलाई पसल संचालनले नै व्यवस्थित तरिकाले समान विक्री वितरण गरिरहेका छन ।

मिनाबजारको मुख्य तरकारी पसल भने पूर्ण रुपमा बन्द गराएका छन । तरकारी पसलमा अत्याधिक भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण फैल्न सक्ने सम्भावना बढ्न सक्ने संभावनालाई रोक्नको लागि यहाँका मुख्य तरकारी बजार भन्ने पूर्ण रुपमा बन्द गराउँदै आएको छ । अटेरी गर्नेलाई कारवाही समेत गर्ने गरेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले खाद्यान्न, किराना, पानीलगायतका अत्यावश्यक वस्तुका पसल बिहान साढे ८ बजे सम्म मात्र खोल्न दिने निर्णय गरेको छ । गत बैशाख ३० गते प्रशासनले जारी गरेको निषेधाज्ञा कारण ६ दिनसम्म पसल बजार पूर्ण रुपमा बन्द गराएका थिए । निषेधाज्ञासँगै नेपाली सेनासमेत परिचालन गरिएका कारण ६ दिनसम्म नगरवासी सरसामान किन्न बजारमा निस्किन पाएका थिएनन् । तर गत सोमबार मध्यराति देखि निषेधाज्ञा हटाइए पछि मङगलवार बिहानैदेखि बजारमा चहल पहल शुरु भएको हो ।

सामाजिक दुरी कायम राखेर पसलमा सरसामान किन्न दिने निर्णय स्थानिय सुरक्षा समितिले गरेको छ । तर अटेर गरेर भिडभाड गर्नेलाई सुरक्षाकर्मी लगाएर कारवाही गरिने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । पर्वलाई लक्षित गरेर लकडाउनलाई व्यवस्थित बनाउँदै राहत दिने काम गरिएको छ, तर भिडभाड हुन नदिएको उनले बताए ।

पर्सा जिल्लामा हाल सम्म ९१ जना कोरोना संक्रमित भेटिएकोले पर्सा जिल्ला उच्च जोखिममा रहेको भए लकडाउनबाट प्रभावित स्थानियको जनजिवन थप कष्टकर हुन थालेपछि केहि राहतको लागि बजारलाई व्यवस्थित बनाउँदै लकडाउँनलाई थप प्रभावकारी बनाईएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्