नेपाल एउटा यस्तो देश हो, जसले संसारको सुरक्षाको लागि योद्धा जन्माउँछ



काठमाडौं : केही दिन अघि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको नक्सामा राखेर नेपाल सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सा सार्वजनिक भएपछि भारतीय मिडियाहरुले नेपाललाई बिभिन्न आरोपहरु लगाइरहेका छन् । यतिबेला नेपालको समर्थन गदै नेपाली कलाकर्मीहरु पनि विरोधमा उत्रिएका छन् ।

केही दिन अघि भारतीय मिडिया जी न्युजले भारतसंग १४ लाख सेना रहेको कुरा बोलेपछि नेपालबाट यसको चर्को आलोचना र विरोध भएको छ । यसैबीच नेपालका चर्चित निर्देशक तथा निर्माता मिलन चाम्सले फेसबुक स्टाट्स मार्फत यस विषयको खण्डन गरेका छन् ।

उनी लेख्छन् – ‘शक्तिको कुरा नगरौ जी न्युज…तिमीहरुले वेलायतको सामु घुडा टेकेर रोईरहँदा, हामीले हाँसीहाँसी मर्छौ वरु यो देशको निम्ती । तर दिन्नौ कसैलाई माटो एक चिम्टी भन्दै स्वतन्त्रता जोगाएको ईतिहास पढेको र सुनेकै होलाऊ । अर्को कुरा तिमीहरु आफ्नो देशको प्रत्येक सिमाहरु रक्षा गर्न आजपनि हामी विर गोर्खालीहरुको सहयोग र विरतामा निर्भर छौ । स्मरण रहोस हिजो तिमीहरुले भनेजस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति आउँदा म सँग संसारको उत्कृष्ट सिपाही छ भनेर त्यही नेपाली गोर्खालिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडी राखेर (गार्ड अफ अनर) शक्ति प्रदर्शन गरेको थियौ । तिमीहरुको देशलाई सयौ लडाइमा नेपालीले १८१५ देखी अहिलेसम्म बचाएर राखेको छ । तिमीहरुसँग १४ लाख आर्मी होला हामीसँग ३ करोड आर्मी छ । किन कि नेपाल एउटा मात्र यस्तो देश हो जसले संसारको सुरक्षाको लागि योद्धा जन्माउँछ भने आफ्नो सुरक्षाको लागी के मात्र गर्न सक्दैन । इतिहास साक्षी छ तिमीहरुको बकवास समाचारले हामीलाई फाइदै भई राखेकोछ । नेपाल एउटा स्वतन्त्र राष्ट्र हो तिमीहरुजस्तो गुलामहरु वस्ने देश होईन विश्वले वुझिसके….बात कर्ते हो । ’

प्रतिक्रिया दिनुहोस्