वीरगन्जमा छुट्टै कोभिड अस्पताल भएपनि नारायणी अस्पतालको अन्य सेवा अन्योलमा



वीरगन्जः वीरगन्ज महानगरपालिकाको पहलमा स्वास्थ्य मन्त्रालयले वीरगन्जको गण्डक बहुअरीमा रहेको गण्डक अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा संचालन भए पनि नारायणी अस्पतालको अन्य सेवा संचालनको प्रकृया शुरु गरिएको छैन ।

नारायणी अस्पताललाई सरकारले चैत ३० गते कोबिड १९ अस्पताल घोषणा गरेको थियो । कोभिड अस्पताल घोषणा पछि बैशाख २ देखि नै नारायणी अस्पतालमा कोरोना संक्रमण बाहेकका अरु सबै उपचार र सेवा बन्द गरिएको छ । जसले गर्दा आम सर्वसाधारण जनता सरकारी अस्पतालबाट पाउँदै आएको स्वास्थ्य सेवाबाट बन्चित हुन पुगेको थियो ।

नारायणी अस्पतालबाट प्रदान हुने उपचार सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाई दिइएको छ । तर मेडिकल कलेजले सरकारको निर्देशन विपरित चर्को शुल्क लिइरहेको बिरामीहरुको गुनासो बढ्न थालेपछि चौतर्फी सडक विरोध समेत हुन पुगेको थियो ।

सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी मेडिकल कलेजलाई दिएपनि चर्को शुल्क र उपचारमा लापरवाही गरेका कारण सात हप्तामा सात जना मृर्गौलाविरामीहरु ज्यान गुमाउँनु परेको थियो । नारायणी अस्पतालको सम्पूर्ण सेवा नै बन्द भएपछि यहाँका ४० जना मृर्गौला विरामीहरुलाई नेशनल मेडिकल कलेजमा पठाईएको थियो जसमध्ये मेडिकलको लापरवाहीले ७ जनाको ज्यान गईसकेको छ ।

स्थानियले स्वास्थ्य मन्त्रालयले वीरगन्जमा छुट्टै कोभिड अस्पताल संचालनमा ल्याई सकेको हुनाले नारायणी अस्पतालको सम्पूर्ण सेवा संचालन गर्न माँग जोडतोड ले उठिरहेको छ । कोभिड अस्पतालको रुपमा परिणत भएपनि अन्य सुविधा समेत बन्द हुदाँ पर्सा, बारा, रौतहट लगायत जिल्लावासीहरु चर्को मुल्य तिरेर वीरगन्जको नेशनल मेडिकल कलेज तथा अन्य निजि अस्पतालमा उपचार गराउँन बाध्य भएका छन ।

चर्को मुल्य तिरेर पनि स्वास्थ्य उपचारमा चरम लापरवाही गरेपछि नारायणी अस्पताललाई नै पूर्ववत रुपमा संचालनमा ल्याउँन माँग गर्दै स्थानियले आवाज उठाउँदै आएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनमा बिहिबार देखि गण्डक अस्पताललाई ५० शैयाको कोरोना विशेष अस्पताल संचालनमा ल्याईसकेको छ ।

वीरगन्जकै सिद्धार्थ मावि रहेको बनाईएको सिमी आईसोलेशनमा उपचारर्थ २५ जना संक्रमितहरुलाई गण्डक अस्पताल सारिएको छ । उनहरुको उपचार समेत शुरु भईसकेको छ । नारायणी अस्पतालकै शाखाको रुपमा गण्डक अस्पताललाई अहिले कोरोना विशेष अस्पतालको रुपमा संचालनमा ल्याइएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायकै नेतृत्वमा र नारायणी अस्पतालकै शाखाको रुपमा गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचार थालिएको हो । डा.उदय सिंहले गण्डक अस्पतालमा प्राविधक जनशक्तिको नेतृत्व पाउनु भएको छ ।

छुट्टै कोभिड अस्पताल सचालन आएपनि नारायणी अस्पतालमा आम सर्वसाधारणको लागि अन्य सेवा भने संचालनको प्रकृया अहिले सम्म शुरु गरिएको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड उपाध्यायले अस्पतालमा अहिले पनि कोरोना संक्रमित ७२ जनाको उपचार भईरकेकोले अन्य सेवा संचालन गर्न अझै केहि समय लाग्ने बताए ।

संक्रमितहरुमा क्रमिक सुधार आउँना साथ डिस्चार्ज प्रकृया शुरु गर्छौ उनले भने, हामी नयाँ संक्रमितलाई नारायणीमा भर्ना गर्दैनौ तर यहाँबाट जबसम्म संक्रमितहरु डिस्चार्ज हुदैन तबसम्म अस्पतालको अन्य सेवा सुविधा संचालनमा ल्याउँन सकिदैन यसको लागि अरु केहि समय लाग्ने छ । केहि विरामीलाई आज भोलीमा डिस्चार्ज समेत गर्ने तयारी गरेका छौ ।

मेसु अनुसार अस्पतालको आईसोलेशनमा उपचार्थ विरामीहरुको अवस्या समान्य रहेको छ । यदी उनीहरुको अवस्या समान्य छ भने, सिदार्थ माविमा बनाईएको सेमि आईसोलेशनमा सारेर तत्काल अस्पतालको अन्य सम्पूर्ण सेवा संचालनमा ल्याउँन सके यहाँका जनता समयमै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउँन सक्यो ।

प्रतिक्रिया दिनुहोस्