चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सेट सम्झिदै अभिनेता अनमोल केसी



काठमाडौं : हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण करिव दुई महिनादेखि देशभर लकडाउन गरिएको छ । सर्वसाधारण घरबाट निस्कन पाएका छैनन् । यतिबेला चलचित्र हलहरू पनि बन्द छन् । चलचित्रको प्रर्दशन मिति रोकिएको छ भने केहि छायांकनरत चलचित्रहरूले पनि छायाङ्कन स्थागित गरेर बसेका छन् ।

यो समयमा लकडाउनका कारण मेघा स्टार अनमोल केसी पनि यतिबेला घरैमा बस्न बाध्य भएका छन् । उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायाँकन हुँदा हुर्दै छायांकन स्थागित भएपछि उनी घरमै समय विताई रहेका छन् । यो समयमा आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गर्दै अनमोलले आफु चलचित्रको छायाँकन सम्झिरहेको उल्लेख गरेका छन् । ‘ए मेरो हजुर ४ को सेट मिस गर्दैछु ’ भनेर अनमोलले आफ्नो इन्स्टाग्राममा फोटो सहित पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्