जनकपुरबाट २ लाख ७ हजार ५८५ रुपैयाँसहित ५ जुवाडे पक्राउ



जनकपुरधामः जनकपुरमा जुवातास खेलिरहेका ५ जना व्यक्ति पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगर पालिका वडा नं.९ पिडारीचोकस्थित जानकि वाटिका पार्टी प्यालेश भित्र जुवातास खेलिरहेका ५ जनालाई आज (शुक्रबार) गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले रंगेहाथ पक्राउ गरेको हो ।

प्रहरी अधिकृतको कमाण्डमा रहेको टोलीले तास खेल्दै गरेको अवस्थामा नगद २ लाख ७ हजार ५ सय ८५ सहित उनीहरूलाक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर(७ बस्ने ५६ बर्षिय किशोरी साह,जनकपुर उपमहानगरपालिका वडा नं.८ बस्ने ५५ बर्षिय बिल्टु बरही, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर(१३ बस्ने ३५ बर्षिय मोस्तकिङ राईन, सोही ठाउँ बस्ने ४७ बर्षिय जसिन कवाडी र ३४ बर्षिय रमेश साहु रहेको धनुषा प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र घटनासम्बन्धमा थप अनुसन्धान अगाडी बढ़ाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्