सुदूरपश्चिमको प्राथमिकतामा कृषि, स्वास्थ्य, उद्योग र पर्यटन



धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएकोमा आगामी आवमा बढाएर ३३ अर्ब हाराहारी र्पुयाउँदै छ ।

मुख्यमन्त्री कार्यालयले जेठ १३ गतेबाट प्रदेश सभाको बजेट अधिवेशन सुरु गर्न प्रदेश प्रमुख कार्यालयलाई मंगलबार पत्र लेखेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आगामी बजेटमा कृषि, स्वास्थ्य, उद्योग र पर्यटन क्षेत्रलाई बढी प्राथमिकता दिने बताएका छन् ।

उनले भने,‘कृषि, स्वास्थ्य, उद्योग र पर्यटन क्षेत्र प्राथमिकतामा छन् । हामीसँग सीमित वित्तीय स्रोत र असीमित उद्देश्य छन् । नीति तथा कार्यक्रमको आधारमा बजेट तयार हुन्छ । असार १ गते बजेट ल्याउनैपर्ने कानुनी बाध्यता भएकोले त्यहीअनुसार काम गरिरहेका छौँ ।’

संघीयता हाम्रा लागि नयाँ अभ्यास हो । परिपक्व हुन केही समय लाग्न सक्छ । संविधानले दिएका अधिकारहरू तल आउन सकेका छैनन् । तीनै तहको सरकार यसमा गम्भीर छ । यो समस्या संघीय सरकारले बुझेको हुनुपर्छ । संघले प्रदेश र स्थानीय तहको अधिकार कुण्ठित गर्नुहुँदैन उनले भने ।

प्रतिक्रिया दिनुहोस्