नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा मुद्दा दायर



काठमाडौं : कैलालीका विद्यालय निरीक्षक पदमा कार्यरत चक्र बहादुर कुँवरमाथी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

अछामको साविक खापरमाण्डौ गाउँ पञ्चायत वडा नं. ६ हाल साँफेबगरका जिल्ला शिक्षा कार्यालय, कैलालीका विद्यालय निरीक्षक पदमा कार्यरत कुँवरले नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरी विगत लामो समयसम्म जागिर खाएको भन्ने उजुरी सम्बन्धमा आयोगले अनुसन्धान गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पुष्टि भएको थियो ।

उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, इलाहावाद, भारतबाट प्रविणता प्रमाण–पत्र तह उत्तीर्ण गरेको झुठ्ठा प्रमाण–पत्रको आधारमा सेवा बहाल तथा बढुवा भएको पुष्टि हुन आएकोले कानुन बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्