मोटरसाइकलको ठक्करबाट एकको मृत्यु



कैलाली : कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु भएको छ ।

 

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा३४प ८६४१ नम्बरको मोटरसाइकलको ठक्करले भीमदत्त नगरपालिका–३ का ६७ वर्षीय रामसिंह कुँवरको मृत्यु भएको हो । 

ठक्करबाट घाइते भएका कुँवरको कोहलपुर अस्पतालमा मृत्यु भएको हो । महाकाली अञ्चल अस्पतालले थप उपचारका उनलाई लागि कोहलपुर पठाएको थियो । 

भीमदत्त नगरपालिका–४ भासी पुलनजिक मोटरसाइकलले पैदलयात्री कुँवरलाई ठक्कर दिएको थियोे । 

मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने चालक धनगढी उपमहानगरपालिका–६ का ५२ वर्षीय नैनवेद शर्माको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्