सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारी निर्णयको नेपाल महिला संघद्वारा विरोध



पाल्पा : नेपाल महिला संघ पाल्पाले अति अशक्त अपाङता भएका व्यक्ती र ६० बर्ष उमेर मुनिका एकल बिधवा महिलाका लागि सरकारले दिदै आएको भत्ता हाललाई रोक्ने सरकारको निर्णय प्रति बिरोध गरेको छ ।

नेपाल महिला संघ पाल्पाले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै सरकारले दिदै आएको भत्ता हाललाई रोक्ने सरकारको निर्णय प्रति बिरोध जनाएको हो।

बिगतका सरकारले नियमित दिदै आएको अति अशक्त अपाङ्गता र एकल महिलाको भत्ता यो सरकारले रोकेकोमा संघको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्