चट्याङ लागेर दाइको मृत्यु, भाइ घाइते



विराटनगर : पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवामा चट्याङ लागेर शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

मृत्यु र घाइते हुने एकै परिवारका दाजु भाइ रहेका छन् । आफ्नो घर नजिकै काकाको घरमा बसिरहेका बेला चट्याङले लागेर दिउँसो ४ बजे १७ वर्षीय भोगेन्द्र तामाङ र उनका भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका थिए । 

गम्भीर घाइते भोगेन्द्रलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

घाइते मनकुमारको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्