जिपको ठक्करबाट चित्तलको मृत्यु



कैलाली : पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जिपको ठक्करबाट शनिबार बिहान वयस्क पोथी चित्तलको मृत्यु भएको छ ।

कैलालीको अत्तरियाबाट भीमदत्त नगरतर्फ जाँदै गरेको को १ च २६९४ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा चित्तलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

चित्तललाई ठक्कर दिने चालक कैलाली गौरी गङ्गा नगरपालिका–६ का २१ वर्षीय रामदिन चौधरीलाई जिपसहित नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्