ब्राजिल बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा धेरै प्रभावित देश



एजेन्सी : ब्राजिल कोरोना भाइरसबाट विश्वकै सबैभन्दा दोस्रो धेरै प्रभावित देश बनेको छ ।

उच्च संक्रमित र मृत्युदर रहेको ब्राजिलले रसियालाई उछिन्दै कोरोनाबाट प्रभावित हुने देशमा दोस्रो बनेको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ब्राजिलमा १९ हजार नयाँ संक्रमित भएका छन् भने ९ सय ६६ जनाको मृत्यु भएको छ । रसियाको तुलनामा ब्राजिलमा संक्रमित र मृत्यु हुनेको संख्या उच्च छ ।

रसियामा कोरोनाबाट अहिलेसम्म ३ लाख २६ हजार संक्रमित छन् भने ३ हजार २ सय जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिलको भने त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ३ लाख ३० हजार संक्रमित भएका छन् भने २१ हजार ४८ जनाको संक्रमणबाट मृत्यु भएको छ । १ लाख ३५ हजार उपचारपछि निको भएका छन् ।

ब्राजिल कोरोनाबाट ल्याटिन अमेरिकाको सबैभन्दा धेरै प्रभावित देश पनि हो ।

प्रतिक्रिया दिनुहोस्