उद्धारको सजगताले सङ्क्रमणबाट जोगियो समुदाय


भद्रपुर : झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन ।

सात दिनयता झापाको काँकडभिट्टा, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज नाकाबाट एक हजार २०० जना नेपाल प्रवेश गरेकोमा झापाका २०० लाई आफ्नै पालिकाको क्वारेन्टिनमा लगिएको छ । एक हजार विभिन्न होल्डिङ सेन्टर र सीमा नजिकका क्वारेन्टिनमा बसेका छन् ।

भारतबाट आएका ६६ जनालाई विराटनगर र धरानमा पिसीआर परीक्षण गरिँदा ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ । ती दक्षिणी गाउँपालिका कचनकबलका हुन् । झापाका कूल सङ्क्रमित ३५ जना हुन् । दुई निको भएर घर फर्किसकेका छन् । सङ्क्रमित सङ्ख्या प्रदेश नं १ कै धेरै हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले सीमाबाट उद्धार गरिएका ३३ जनामा कोरोना सङ्क्रमण भएको पाइए पनि उनीहरुलाई उद्धार गर्दा र क्वारेन्टिनमा पु¥याउँदा अत्यन्त सजगता अपनाइएको बताए । “सीमामा आइपुगेकालाई तत्काल उद्धार ग¥यौँ”, प्रहरी उपरीक्षक कोइराला भन्छन, “व्यवस्थित क्वारेन्टिनमा राख्यौँ, त्यहीकारण उनीहरुको सम्पर्कबाट समुदाय जोगियो ।” झापामा भारतबाट आएका सङ्क्रमितबाट समुदायको एक जनामा पनि कोरोना नफैलिएको उहाँले बताए ।

रेल यातायात सञ्चालन भएपछि भारतको विभिन्न शहरका नेपाली स्वदेश फर्कने क्रम तीव्र छ । झापाको सीमा क्षेत्रसम्म आएपछि नेपाली पक्षबाट सुरक्षित किसिमले उद्धार हुँदै आएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउछन । काँकडभिट्टा नाकाबाट मात्र एक हजार नेपाली भित्रिइसकेका छन् ।

मध्यरातमा सीमाबाट भित्रिएका नेपालीलाई समुदायमा मिसिन नदिइ उद्धार गर्दै होल्डिङ सेन्टर र क्वारेन्टिनमा जनप्रतिनिधि र प्रहरीले पु¥याउने गरेको मेचीनगर–६ काँकडभिट्टाका वडाध्यक्ष ललित तामाङले बताए ।

सीमाबाट भित्रिरहेका नेपालीलाई समुदायमा मिसिन नदिन सीमाको पहिलो पङ्क्तिेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र रेडक्रसकर्मीले सघाउने गरेका छन् ।

बिहीबार मध्यरातमा काँकडभिट्टा नाकाबाट ३०० नेपाली भित्रिएका थिए । उनीहरुलाई मध्यरातमै सीमा क्षेत्रबाट उद्धार गरी यातायातको साधन प्रयोग गरी काँकडभिट्टा माविमा रहेको होल्डिङ सेन्टर, धाइजनस्थित स्वास्थ्य चौकी र इँटाभट्टास्थित आदर्श माविमा रहेको क्वारेन्टिनमा पु¥याइएको मेचीनगरकी उपप्रमुख उप्रेतीले जानकारी दिए । उनीहरुमध्ये १४५ जनाको शुक्रबार आरडिटी गर्दा १५ मा एन्टीबडी पोजेटिभ भेटिएको छ ।

आफूखुशी घर नपुगुन् भनेर मध्यरातमै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल आफ्नो पालिकाका बासिन्दालाई उद्धार गरी लैजान मेची पुलसम्म पुगेका थिए । उनले आफ्ना पालिकाका बासिन्दालाई सुरक्षितरूपमा क्वारेन्टिमा राखेका छन । यसकारण पनि समुदायमा भारतबाट आएकाहरुले घुलमिल हुन पाएका छैनन् ।

भारतबाट आएर झापाको होल्डिङ सेन्टर र क्वारेन्टिनमा बसिरहेका ६६ जिल्लाका बासिन्दा छन् । उनीहरु अधिकांश भारतको कोभिड–१९ को सङ्क्रमण फैलिएको दिल्ली र मुम्बइबाट आएका हुन् । कोभिड–१९ को जाँच नगरी उनीहरुलाई आफ्नो जिल्लामा नपु¥याइने जिल्लास्थित कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा अनुगमन समितिका संयोजक सोम पोर्तेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

काठमाडौं : सरकारले यस वर्ष पनि तीन दिन गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ। गृह

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ४७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ४७ जिल्लामा

काठमाडौं : पूर्वी रुकुममा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।घोराहीस्थित राप्ती स्वास्थ्य

काठमाडौं : थप ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य

काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका