त्रिवेणीमा ६०० श्ययाको क्वारेन्टिन


मार्तडी : जिल्लाको त्रिवेणी नगरपालिकाले थप ६०० श्ययाको क्वारेन्टिन बनाउने भएको छ । यसअघि ३०० श्ययाको क्वारेन्टिन निर्माण गरिएको भए पनि शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले थप ३०० गरी ६०० श्ययाको क्वारेन्टिन बनाउने निर्णय गरेको नगरपालिकाका सदस्य तथा वडा नं ३ का वडाध्यक्ष मीन भण्डारीले बताए ।

भारतले नाका खुकुलो बनाउन थालेपछि नगरपालिकाले भारतबाट आउने र नेपालकै विभिन्न शहरबाट आउनेका लागि छुट्टाछुट्टै क्वारेन्टिन निर्माण गर्ने निर्णय गरिएको वडाध्यक्ष भण्डारीले बताए । नगर कार्यपालिकाको बैठकले साविकाको छतारा, तोली र कैलाशमाण्डौ गाउँ विकास समितिमा रहेका स्वास्थ्यचौकीमा भवन पर्याप्त नभएकाले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको नगरपालिका–७ का वडाध्यक्ष तथा नगर प्रवक्ता प्रेम थापाले जानकारी दिएका छन ।

उनले दिएको जानकारीअनुसार नगरपालिकाको साविकको छतारामा २००, तोलीमा २०० र कैलाशमाण्डौमा २०० श्ययाको क्वारेन्टिन बनाउने बताए । नगरपालिकाका साविकका तीनवटै स्वास्थ्य संस्थामा भवन पर्याप्त नभएका कारण बन्दाबन्दीको समयमा विद्यालयलाई क्वारेन्टिनका रूपमा प्रयोग गर्ने निर्णयानुसार क्वारेन्टिन निर्माण गरिएको नगरप्रमुख रामसिं रावलले बताए ।

त्रिवेणी नगरपालिकाका नौ हजार स्थानीय नागरिक देश तथा विदेशमा रहेकाको लगत सङ्कलन गरिएको नगरपालिको जनाएको छ । धनगढी, काठमाडौँ, महेन्द्रनगर र नेपालगञ्जलगायतका शहरमा अध्ययन र मजदुरी गर्न गएका र भारतका विभिन्न ठाउँमा नोकरी गर्दै आएका तथा अन्य मुलुकमा गएका गरी पाँच हजार ५०० बढी जिल्ला बाहिर रहेको त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिं रावलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा

काठमाडौं : लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना सार्वजनिक गरेको छ। आयोगको

काठमाडौं : नेपालका ८२ जनामा डेंगुको संक्रमण भएको छ। पुस महीनायता ८२ जनामा डेंगु संक्रमण

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ८२ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८५ हजार ६ सय ६० जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा अहिलेसम्म २ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

वीरगन्ज– भारतले आफनै देशको नागरिकलाई प्रवेशमा कडाई गरेपछि वीरगन्जको अलौंस्थित एकिकृत चेकजाँच चौकी (आईसीपि) मा

जनकपुरधाम– जनकपुरबाट हातहतियार सहित एक युवक पक्राउ परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ स्थित रामलोचन

जनकपुरधामः समग्र विश्व अहिले कोरोना भाईरस महामारीको चपेटामा परेको छ । समाचार तयार पार्दासम्म विश्वका

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको

काठमाडौंः गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ । गृह

काठमाडौंः धावनमार्ग निर्माणको काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र पारिएको छ ।